१९ बैशाख २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा संक्रमित परिवारका कम्तीमा २ जनाको कोरोना परीक्षण गरिने

महेन्द्रनगर, २४ साउन । सुदूरपश्चिम प्रदेश सरकारले समुदाय स्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताउनुभयो ।