९ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ७ जना नयाँ संक्रमित


कोरोना संक्रमण C

धनगढी, साउन १५ । सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ६ जना पुरुषहरु र १ जना महिलाहरु गरी जम्मा ७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३३९ जनाको कोरोना परीक्षण गर्दा कञ्चनपुरका १ जना, कैलालीका ५ जना र दार्चुलाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ७ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !