, कृषि

कृषि

  • सिमी

    सिमीले बजार नपाएपछि चामलसँग साट्दै

    रुकुमपूर्व, २३ चैत । रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन् । उनीहरुले चामल लिएर घरमा आउने […]

  • दूध बिक्री

    कोरोनाको कहर : दुहेको दूध गाईलाई नै खुवाउँदै

    पोखरा, २१ चैत । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही दिन यता जारी लकडाउनका कारण गोठमा न पराल, छ नत दाना । जेनतेन पाखाबाट स्याउला थपथाप गरी अहिलेसम्म गाई बचाएको बताउँदै आचार्यले यो क्रम लम्बिने हो भने तिनीहरूलाई बचाउन पनि मुस्किल भएको दुःखेसो गर्नुभयो […]

  • लकडाउन

    लकडाउनमा किसानको चिन्ता

    धनुषा, २१ चैत । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्नसक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ […]

  • तरकारी

    लकडाउन : कृषि उत्पादनले बजार पाएन

    रामपुर, २० चैत । कोरोनो भाइरस (कोभिड —१९ ) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ । रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन […]

  • असिना

    असिनापानीले तरकारी र फलफूल बालीमा क्षति

    पोखरा, २० चैत । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु¥याएको […]

  • पशुपालन फार्म

    गाउँबाट शहर झारियो भैँसी

    तनहुँ, २० चैत । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झार्नुभएको छ । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग नजीक झार्नु भएको हो । सदरमुकाम दमौलीदेखि करिब ८ किलोमिटर दूरीमा गुदीमा पराल र चोकर […]

  • असिना पानीले गहुँबाली नष्ट

    मार्तडी १७,चैत । आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् । बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत अछाम जिल्लामा असिनाले बालीमा […]

  • Green Zone Vegetable Market

    नवलपरासीमा बाँडियो एक घर एक पोका बोडी नि:शुल्क

    चैत्र १४, नवलपरासी । नवलपरासी मध्येविन्दु तमसरियामा बजारमा आज Green Zone Vegetable Market का प्रोप्राइटर श्री मानबहादुर महत्वले घर-घरमा बोडी खाउ इम्युनिटि बढाउ भन्दै नि:शुल्क एक घर एक पोका बोडी बाँड्नु भएको छ । सेवा पैसाले मात्रै होइन केहि दिएर पनि गर्न सकिन्छ । यस्तो कार्यलाई हामीले धन्यवाद दिन र आगामी दिनहरूमा दु:खी गरीवलाई पनि […]

  • तरकारी

    घरमै ताजा तरकारी

    भद्रपुर, १४ चैत । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पु¥याउने व्यवस्था गरेको छ । अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा […]

  • डेरी उद्योग

    लकडाउन : किसानका दुध खेरा जाँदै , उपभोक्ताले खान पाएनन्

    चितवन, १३ चैत । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्काेतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको […]

  • पशुपालन

    गाईवस्तुलाई दानाको अभाव

    कठमाडौँ, १३ चैत । राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै […]

  • अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

    काठमाडौँ, ११ चैत । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी […]

  • पक्की कुलो

    पक्की कुलो बन्दै, किसान रमाउँदै

    घोराही, ७ चैत । दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउनुभएको थियो । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उहाँले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ । हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो […]

  • banana

    केराले बजार नपाउँदा किसान चिन्तित

    बलेवा, ६ चैत । बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् । आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले […]

  • सुदूरपश्चिम

    मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन

    डोटी, ५ चैत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा पनि मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार उक्त कार्यक्रम जिल्लाका नौवटै स्थानीय तहमा एकैसाथ सञ्चालन गरी प्रत्येक स्थानीयतहका लागि रु ५० लाख रकम विनियोजन भएको छ । प्रदेशको कृषि क्षेत्रको दिगो विकासको लागि स्थानीय स्रोत साधनको उचित व्यवस्थापनमार्फत […]

  • gandaki

    गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

    कास्की, ५ चैत । गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक÷एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो । व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत […]

  • स्याउका बिरुवा

    स्याउ किसानले पाए क्षतिपूर्ति

    खलङ्गा,४ चैत । कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो । शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । […]

  • hate-tactor

    भीरकोटका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

    वालिङ, ४ चैत । यहाँका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो । “गाउँघरमा आजभोलि गोरु पाल्ने […]

  • कृषि

    आम्दानीको स्रोत बन्यो खोलाको खेती

    नारायणपुर, २ चैत । खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी (साग) उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँअनुसार यसको नाम भने फरकफरक […]

  • डेरी उद्योग

    डेरी उद्योगमा रमाउँदै इलामका युवा

    मङ्गलबारे, २८ फागुन । इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब एक सय लिटरसम्म दुध प्रशोधन गर्न थाल्नुभएका खत्रीले अहिले दैनिक एक हजार […]