८ मंसिर २०८३, मंगलबार

जि फोर एस नेपाल (G4S Nepal) मा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता


जि फोर एस कम्पनीमा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता

काठमाडौँ । ISO १००२ : २०२५ प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लि.मा सुरक्षा गार्ड, सरसफाई श्रमिक, सरसफाई सुपरभाइजर, प्रोक्युरमेन्ट एक्जिक्युटिभको आवश्यकता रहेको छ ।

१०० जना सुरक्षा गार्ड, १०० जना सरसफाई श्रमिक, केही जना सरसफाई सुपरभाइजर र १ जना प्रोक्युरमेन्ट एक्जिक्युटिभको आवश्यकता परेकोमा इच्छुक पुरुष र महिलाले आवेदन दिन सक्नेछन् ।

यस जि. फोर. एस. सेक्युरिटी सर्भिसेज नेपाल (प्रा.) लि.ले विगत ३० वर्षदेखि तालिम प्राप्त सुरक्षाकर्मीहरू मार्फत विभिन्न विदेशी राजदूतावासहरू, कूटनीतिक नियोग, बैंकहरू, अस्पतालहरू तथा कलकारखानाहरूमा आफ्नो सेवा दिँदै आएको छ ।

यस बहुराष्ट्रिय कम्पनीका लागि विभिन्न पदमा कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका इच्छुक आवेदकले इच्छुन्नदी मार्ग बालुवाटारस्थित कार्यालयको प्रशासनमा सोधपुछ गरी निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । यस विज्ञापनसँग सम्बन्धित सम्पूर्ण अधिकार जि. फोर. एस. नेपालसँग सुरक्षित रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !