१४ कार्तिक २०८३, शनिबार

रास्वपाले विवादित न्यायाधिशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने


रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ । आज शनिबार बसेको रास्वपाको सचिवालय बैठकले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिएको हो ।

पार्टी प्रवक्ता जगदिश खरेलले बाहिर आएका विषयबारे संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनका अनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ ।

उनले अब न्यायपालिकाको पुनःसंरचना आवश्यक भएकाले न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत् नै निकास निकाल्ने निर्णय भएको बताए । उनले पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा न्यायाधीशका विषयमा जसरी विषयहरु सार्वजनिक भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न लागेको बताए ।

न्यायाधीश हरि फुयाँलले विचौलिया इनम सापकोटासँग गरेको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर सभापति रवि लामिछानेले पनि यसअघि सांसदहरुसँग छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !