हाम्रो बारेमा
नेपालपत्र (www.nepalpatra.com) नेपालको मूलधारको अनलाइन न्युज पोर्टल हो । नेपालपत्र – ‘नेपाल र नेपालीको समाचार‘ भन्ने नाराका साथ विगत लगभग एक दशकदेखि संचालन हुँदै आइरहेको छ ।
माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लिद्वारा संचालित नेपालपत्र डट कम (www.nepalpatra.com) नेपाली भाषाको अनलाइन न्युज पोर्टल हो । नेपालपत्रले समाचार, राजनीति, अर्थ, स्वास्थ्य, कला-साहित्य, खेलकुद, मनोरञ्जन, विचार, विश्व (अन्तर्राष्ट्रिय), विज्ञान, सूचना प्रविधि, भिडियो लगायतका विषयवस्तुका विधामा समाचारलाई समेट्छ ।
नेपालपत्रमार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, शैक्षिक, धार्मिक, जीवन-दर्शन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य, विज्ञान तथा प्रविधि, वातावरण, मानव अधिकार लगायत सबै क्षेत्रका निष्पक्ष एवं खोजमूलक समाचारहरु र विश्लेषात्मक लेखहरु तथा अन्तर्वाताहरु एवं समसामयिक विषयहरुमा जनमत, बहस पनि सम्प्रेषण गरिन्छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौं । नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौं ।
‘नेपालपत्र’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जीवन, स्वतन्त्रतता, नागरिक अघिकार र प्रेस स्वतन्त्रता एवं आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा हमेशा दृढतापूर्वक उभिने संकल्प गर्दछ । नेपालपत्रले आवाजविहिनहरुको आवाज वा भुईमान्छेको आवाजलाई पनि महत्वपूर्ण स्थान दिएर समेट्दै आएको छ ।
सन् २०१६ मार्च ८ तारिख (२०७२ साल फागुन २५ गते) नेपालपत्र डट कम (nepalpatra.com) डोमेन दर्ता भएको लगभग एक वर्ष सन् २०१७ जनवरी २२ तारिख (२०७३ साल माघ ९ गते) आधिकारिक रुपमा मल्टीभर्स फाउन्डेशन प्रा. लि. कम्पनी दर्ता गरेर २०७६ साल भाद्र २८ गतेसम्म करिब २ वर्ष ७ महिना संचालन गरियो ।
नेपालपत्रको स्थापनाकालदेखि नै संस्थापकको रुपमा नेतृत्व गरेका गोपाल भण्डारीले २०७६ साल भाद्र २९ गतेदेखि नेपालपत्रको एकल स्वामित्व लिएपछि माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लिमार्फत संचालन हुँदै आएको छ । नेपालपत्र राष्ट्रिय समाचार समिति (रासस) को ‘समाचार सेवा’ को सेवाग्राही पनि हो ।






