काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले व्यवसायीहरूको व्यवसाय विस्तार र समृद्धिका लागि आकर्षक सुविधासहितको ‘समृद्ध व्यवसाय कर्जा’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत व्यवसायीहरूले मात्र ४.९१ प्रतिशत (प्रारम्भिक) ब्याजदरदेखि सुरु हुने गरी आवश्यकताअनुसार योग्य व्यवसायीले १० करोडसम्मको कर्जा सुविधा लिन सक्नेछन् ।
कर्जा आवेदन तथा प्रक्रियालाई सहज बनाएर सरल प्रक्रिया, सहज ब्याजदर र छिटो कर्जा निर्णयलाई प्राथमिकता दिँदै यो योजना ल्याइएको हो । बैंकका सम्पूर्ण शाखामार्फत कर्जा प्रवाह हुने व्यवस्था र आवश्यकताअनुसार चालुपुँजी, स्थायी पुँजी तथा स्थिर चालुपुँजीसम्बन्धी कर्जा सुविधा एक हप्ताभित्र प्राप्त गर्न सकिनेछ ।
‘तपाईंको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ’ भन्ने नाराका साथ नेपाल बैंकले ल्याएको उक्त कर्जा योजनाले ठूला व्यवसायीहरूलाई व्यवसाय सञ्चालन, वृद्धि र आर्थिक समृद्धिका लागि सहयोग पुर्याउने देखिन्छ ।
नेपाल बैंकको कल सेन्टर ०१-५९७१२२२ मा २४ सै घण्टा र सातै दिन जुनसुकै बेला पनि फोन गरेर बुझ्न सकिनेछ । यस्तै टोल फ्री नम्बर: १६६००१३७३७३ अथवा ०१–५९७१२२२ मा सम्पर्क गरेर कार्यालय समयमा बुझ्न सकिनेछ । इच्छुक व्यवसायीले नेपाल बैंक लिमिटेडको नजिकैको शाखामा सम्पर्क गरी कर्जासम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन्।












