फुङलिङको बिहान सधैंजसो एउटै हुँदैन। कहिले कुहिरोले ढाकिएको बजार, कहिले तमोरको आवाजसँग मिसिएको चहलपहल, कहिले रेडियो स्टुडियोभित्र बज्ने गीत र खबरबीच मान्छेहरूको आशा–निराशा मिसिएको समय। यही समयको साक्षी भएर म धेरै अनुहारसँग भेटिन्छु, तर केही अनुहारहरू समयभन्दा गहिरो भएर बस्छन्।