१२ बैशाख २०८१, बुधबार
कला-साहित्य

‘नारायण गोपालका तीन सपना’ पूरा गरिँदै

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ ।