१८ बैशाख २०८१, मंगलबार

रोगै नलागोस् भन्ने विचार भएमा पालना गरौं यो नियम


भोजन मन्त्र

काठमाडौँ । हामीले आफ्नो स्वस्थ ठिक होस् भन्ने सोच भएमा निम्न लिखित नियमको पालना गरौं । दिनमा खाना खाउँ तर राती खाना नखाउँ। यसले हाम्रो पाचनतन्त्रमा ठूलो प्रभाव पारेको हुने रहेछ ।

खाना खाँदा गफगाफ गरेर खाना खानाले पनि पाचनक्रियामा प्रभाव पार्दो रहेछ । खानासंग तुरुन्त पानी पिउदा पनि पाचनतन्त्रमा असर हुने रहेछ । खाना खाना साथ दौड्ने चाँडो हिड्ने गर्नाले पनि पाचनतन्त्रमा प्रभाव पार्ने रहेछ ।

अब हामीले आफुलाई ८०% रोग नलागोस् बुढो हुन नपरोस् भन्ने सोच भएमा खानाको समय तालिका बनाउन आवश्यक रहेछ । हाम्रा पुर्खा वैज्ञानिक रहेछन् । हिजो मान्छे निरोगी हुने गर्दथे तर आज हरेक घर-घरमा मान्छे रोगको दलदलमा फसेका देखिन्छन् ।

यसको केही कारणमाथि दिइसकेको छु । हाम्रा पुर्खाले खाना खाँदा बोल्दैनथे । नुहाएर धोती कपडा फेरेर चकटिमा पाल्कि मारेर खाना खाँदा पानी घुमाउदै मन्त्र पढेर मात्र खाने परम्परा थियो तर यो परम्परा लोप हुँदै केहिमा मात्र सिमित रहेको देखिन्छ ।

मन्त्र

ओ३म् अन्नपते अन्नस्य नो देह्मनमीवस्य शुष्मिण:। प्र प्र दातारे तारिष उर्जा नो धेहि द्विपदे चतु स्पदे:।

अर्थ

हे अन्न देव भगवान हामीलाई किटाणुरहित खाना दिनुहोस्, हाम्रो घरमा अन्नको भण्डारण ठूलो परिमाणमा रहोस्, अन्नको दान दिन सक्ने बनाइयोस्, दु:खलाई पार लगाउने शक्ति प्राप्त होस्, यो शरीरलाई निरोग बनाइदिन मद्दत मिलोस् ।

भोजन मन्त्र

 

ओ ३ म् शान्ति शान्ति शान्ति

हाम्रो सोचलाई आमुल परिवर्तन गर्न आवश्यक छ । हामी २४ घण्टा सोचमा डुबेका हुन्छौं । खाना खाँदा समेत हाम्रो ध्यान व्यापार व्यवसायमा लागेको हुन्छ ।पैसा कसरी कमाउने भन्ने सोचले हामीलाई आक्रान्त पारेको छ ।

हामी व्यापार व्यवसायबाट खाने समय छुट्याउन समेत सकिरहेका छैनौ । रोगले हामीलाई जकेडनुको पहिलो कारण मानसिक चिन्ता पनि एक रहेछ । आउनुहोस् निरोग हुन के के गर्ने भन्ने जानकारी प्राप्त गरौ ।

हामीले खाना प्रात १० बजे खाना खाने दिउसो फलफूल खाने ५ बजे साँझको खाना तर कम खाने साँझ सूर्यअस्त भइसकेपछि कुनैपनि खाना नखाने, खाना साथ तुरून्त नसुत्ने, यसो गरेमा हाम्रो आयु १०० बर्ष केही नभइ पार हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !