८ जेष्ठ २०८१, मंगलबार

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ


कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काँक्रेविहार, सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गरेका छन् । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् । नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएक छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !