१८ बैशाख २०८१, मंगलबार

२०८१ साल वैशाख २ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल वैशाख २ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कुनै धार्मिकस्थलको उपलब्धिमूलक भ्रमण हुने साथै सामाजिक कार्यमा जस पाइने ।

वृष

बोली वचनको उच्च प्रभाव पर्ने साथै शुभ कर्मको यत्रतत्र चर्चा चल्ने ।

मिथुन

सभा समारोहमा सरिक भइने साथै मान सम्मानमा वृद्धि हुने ।

कर्कट

आत्मविश्वास तथा लगनशीलतामा केही कमी आउने साथै हीनताबोध महसुस हुने ।

सिंह

कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय साथै अनायासै आर्थिक लाभको मौका जुर्ने ।

कन्या

गरिरहेकोभन्दा बाहिरी कामबाट बढी मुनाफा हुने साथै साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइने ।

तुला

नयाँ कार्ययोजना तय हुने साथै रोकिएका कार्य पुनः सुचारू हुने ।

वृश्चिक

मानसिक दिक्दारी तथा शारीरिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा कार्य बिग्रिने ।

धनु

आशा गरेको व्यक्ति स्थानबाट सकारात्मक प्रतिक्रिया पाइने साथै साहित्य कला खेलकुद जस्ता क्रियाकलापमा मन जाने ।

मकर

आत्मसन्तुष्टि हुने कार्य सम्पन्न गरिने साथै खास व्यक्तिलाई घरमा अतिथिका रुपमा स्वागत गर्न पाइने ।

कुम्भ

स्वजनबाट राम्रो साथ सहयोग हौसला पाए पनि आर्थिक लगानीका लागि प्रतिकूल समय ।

मीन

वादविवादबाट टाढा नै रहेको उचित हुने साथै हक अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !