१८ बैशाख २०८१, मंगलबार

नेपालको अपराजित यात्रा कायमै, साउदी अरेबिया हराउँदै सेमिफाइनलमा


नेपालको अपराजित यात्रा

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा साउदी अरेबिया हराउँदै नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । ओमानको अल अमेरत खेल मैदानमा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो ।

वर्षाले खेल प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो । समूह ए बाट सबै ४ खेल जित्दै अपराजित यात्राका साथ नेपाल सेमिफाइनलमा पुगेको हो ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेलले ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २/२ रनमा आउट भए । नेपालजी जितका लागि गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । साउदी अरेबियाले समान चार खेलमा एकमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !