११ बैशाख २०८१, मंगलबार

सुर्ती चुरोटको नशा हटाउने सरल औषधी


चुरोट र निलो तुथो

चुरोटले आफूलाई भन्दा अरूलाई असर हुन्छ भन्ने कुरा बताइ रहनु नपर्ला जस्तो मलाई लाग्छ । स्वास्थ्यप्रति हाम्रो सानो लापरबाहीले ठूलो समस्या सामना गर्नुपर्ने हुन सक्छ । चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटिनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी हुन सक्छ ।

यसको बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुस्किल हुन्छ । यद्यपि मान्छेलाई थाह हुन्छ कि यसको प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न ।धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन ।

विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिसले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन । धुम्रपानले गर्दा फोक्सोको क्यान्सर हुन सक्छ, मुटु रोग र अन्य प्रकारका रोगहरू पनि लाग्न सक्छ ।

चुरोट तथा सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिनले मांशपेशी र स्नायु कोष बृद्धि हुनबाट रोक्नुको साथै स्मरण शक्तिमा अशर गर्छ । यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ ।

चुरोट सेवन छाड्नु आफ्नो अनी परिवारर्कै आयू वृद्धि गर्नु पनि हो । आज हामीले चुरोट वा सुर्तीजन्य पदार्थबाट कसरी छोडाउन सकिन्छ भन्नेबारे जानकारी पस्कन लागेका छौं ।

१. संकल्प जस्तो ठूलो शक्ति अरू केही छैन । यदि हजुर यो लत छोड्न चाहनु हुन्छ भने संकल्प गर्नुस भोली देखि नै यो सोलो पोइजन त्यसै छोड्न सक्नु हुनेछ ।

२. सिक्ने सिकाउने माध्यम भनेकै साथी हो यस्ता बानी भएका साथीको संगत कम गर्ने या मैले छोडे भनेर न पिउने ।

३. कुनै निश्चत मिति तोक्ने,यो दिन देखि म चुरोट खादै खान्न भनेर अलिक दिन पछाडिको कुनै एउटा दिन तोक्ने त्यो तोकिएको दिन आउनु भन्दा अगाडि देखि नै चुरोट खान कम गर्ने ।

४. मुख खाली नराख्ने, पानी प्रशस्त पिउने, मुखमा दाल चिनि, चुइगम, जस्ता खाने कुराहरू खाने ।

उपचार

निलो तुथो ( Copper Sulphate) किनेर ल्याउने र एक बोतल सफा पानीमा थोरै नुन जस्तै राख्ने र दैनिक कुल्ला गर्ने केहि दिनमा यो हेवीट टुट्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !