निमको प्रयोगबाट यसरी गर्नुस् छालाको रोगको उपचार Nepalpatra निमको प्रयोगबाट यसरी गर्नुस् छालाको रोगको उपचार
१४ मंसिर २०७९, बुधबार

निमको प्रयोगबाट यसरी गर्नुस् छालाको रोगको उपचार


निमबाट छालाको रोगको उपचार

नवलपुर । अहिले छालाका रोगीहरु बढेको देखिन्छ । हेर्दा सामान्य देखिने रोग छोए चिलाउने चिलाएपछि दाग देखिने रोग बढिरहेको छ । यस्ता रोग पहिले पहिले नदेखिएता पनि अहिले व्यापक रूपमा फैलिएको हामीले देखि रहेका छौं । यस्ता रोगको प्रकोप हेर्दा यो सरूवा रोग अन्तर्गत पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

सामयसाक्षेप यस्ता रोग नदेखिएका होइनन् तर यसपाली यो रोग हेर्दा हरेक घर-घरमा देखिन थालेको छ । औषधि सेवन गर्दा केही समय ठिक भएपनि औषधि छोड्नासाथ पुन: आक्रमण हुने गरेको विरामीको भनाइ छ । यो जस्ता छालाका रोगको आक्रमण कसैलाई नहोस् भन्ने उद्धेश्यअनुरुप हामीले निमलाई ल्याएका छौं ।

स्वास्थ्यका दृष्टिकोणले निमलाई किटाणुनाशक औषधिको रूपमा विगद लामोसमय देखि मानव स्वास्थ्यमा प्रयोग हुँदै आएको छ । निमको पातलाई टिपेर ल्याउने र पानीमा पकाउने पाकाएको पानीले नुहाउने गरेमा यो रोग फैलिनबाट रोक्न सकिने देखिन्छ । निमको पातको पानीमा ब्याक्टेरिया र भाइरल दुवै किसिमको किटाणु यसले मार्ने काम गर्दछ ।

हाम्रो भू-भागमा थुप्रै एस्ता जडिबुटी छन् जसको प्रयोगबाट छालाका रोगमा राम्रो फाइदा हुने देखिन्छ । हामीले यस्ता औषधिको साहेताबाट यो जस्ता थुप्रै सरूवा रोग निको बनाउन सक्छौं । आउनुस् आजको लेखमा एलर्जीको औषधि सेवन गर्न कुन-=कुन जडिबुटी उपयोग गराउन सकिन्छ भन्ने जानकारी प्राप्त गरौं ।

छालाको रोगमा प्रयोग हुने औषधि र खाने तरिका

१. कैसोर गुगुल (गोर्खा आयुर्वेद) २ गोली दिनमा २ पटक खाने ।

२. स्किन केयर चुर्ण १ चम्चा दिनमा २ पटक खाने ।

३. त्रिफला चुर्ण राती सेवन गर्नाले पनि रगद सुद्ध भइ छालाका रोगबाट बचाउँदछ ।

४. निमको पातको काढा पकाएर केहि दिन खानाले र नुहाउनाले पनि यो रोग निको हुन्छ ।

५. Amyron Syrup ( Aimil) आयुर्वेद सिरप १५ देखि २० मिलि समभाग पानीमा मिलाएर सेवन गराउने जस्तोसुकै छालाको समस्या हल गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !