३ श्रावण २०८२, शनिबार

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा


दीपेन्द्र सिंह ऐरी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए ।

उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए। ऐरी नेपाल प्रहरीमा सहायक हवलदारको दर्जामा कार्यरत थिए।

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका दीपेन्द्र यसअघि २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !