२० बैशाख २०८१, बिहिबार

रंगीन फलफूल र तरकारीमा पाइने रसायन को हाम्रो स्वास्थ्यमा फाईदा


The food color wheel The food color wheel

प्रकृतिमा मानव विकासको सुरुवात देखी नै उसले खाँदै आएको फलफूल र तरकारीमा पाइने रसायनको बीच सम्बन्ध रहदै आएको छ । बिशेष गरी मानव  स्वास्थ्यमा फलफूल र तरकारीलाई रंगीन बनाउने रसायनको ठुलो महत्व रहेको छ। फलफूल र तरकारीलाई बिभिन्न रङ दिने काम त्यसमा रहेको उपयोगी प्राङ्गारिक यौगिकहरुले गर्दछ। यस्ता केही उपयोगी र महत्वपूर्ण रसायन अन्तर्गत Flavoniids, Isoflavones, Isothyocyanate, Lutein, Coumestans, Lycopene, Hydroxybenzioc Acid, Ellagic Acid, Carotene, Terpenoids, Phthalides, Allicin, Quercetin, Sulfides, Anthocyanins, Resveratrol, Hydroxycynnamic Acid आदी पर्दछन । यि रसायनहरुले क्यान्सर, मधुमेह, मुटुरोग आदी जस्ता भयानाक दिर्घरोग र अन्य रोगबाट हामिलाई बचाउने गर्दछ । केहि महत्वपूर्ण रङिन फलफूल तथा तरकारी र त्यसमा पाइने रसायनको जानकारी तल प्रस्तुत गरिएको छ ।

१ . रसायन :  Flavoniids, Isoflavones, Isothyocyanate, Lutein, Coumestans.

श्रोत : ग्रीन टि, ब्ल्याक टि, पालुगोको साग, हरियो सलाद, ब्रो काउली, हरियो सिमी, हरियो केराउ, रायोको साग, हरियो फल, भटमास, चाइनिज बन्दा, बन्दाकोपी आदि ।

२. रसायन : Lycopene, Hydroxybenzioc Acid, Ellagic Acid, Caffeoylquinic Acid.

श्रोत : गोलभेडा, ओखर, खुर्सानीको धुलो, मौसम, खर्बुजा, मेवा, अनार, रातो बन्दा आदि ।

३. रसायन : Carotene, Terpenoids, Phthalides, Flavonols, Hespertin, Cryptoxanthin, Hesperetin

श्रोत : भुईकटर, अदुवा, फर्सी, गाजर, सखरखण्ड, आरु, बेसार, सर्बत, आँप, अमिलो फल, मकै आदि ।

४ .  रसायन : Flavonols , Allicin , Quercetin , Sulfides.

श्रोत : नरीवल, स्याउ, कालो चिया, सलगम जस्तै तरकारी, लसुन, प्याज आदि ।

५. रसायन : Anthocyanins, Resveratrol, Hydroxycinnamic Acid.

श्रोत : अङ्गुर, काजु, कालो बेरी, स्ट्र्बेरी, निलो बेरी, वाइन्(पेय पदार्थ), भन्टा, कोकाको फल वा झोल, चुकन्दर, आरु वखडा आदि ।

आजको भागदौड र ब्यस्त जीवनशैलीमा यी अति उपायोगी  रंगीन फलफूल र तरकारी सेवन गरी स्वास्थ्य लाभ गरौँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !