काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो ।
मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले प्रेमलाई दाम्पत्य जीवनमा बदल्न लागेका हुन् । ढकाल विराटनगर निवासी हुन भने डाँगी झापाकी हुन् ।
डाँगी रास्वपाको पहिलो महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । गत निर्वाचनमा डाँगी झापा–१ बाट निर्वाचित भएकी थिइन् ।
२०७९ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी डाँगीसँग प्रेमसम्बन्ध रहेकोबारे यसअघि पार्टीमा पनि चर्चा थियो । मुकुलले १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी छ ।













