१८ कार्तिक २०८३, बुधबार

डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन


डा. गोविन्द केसी

काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । सरकारले आज बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव प्रतिनिधि सदस्य रहेका छन् ।

प्रा. डा. केसी पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै अनशन बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !