काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धानका लागि अदालतले चार दिनको थुना म्याद दिएको छ । आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा भएको बहसपछि अर्याललाई चार थुनामा राख्न म्याद लिइएको हो ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय लगेर आजै अदालतमा उपस्थित गराएको थियो । भारतमा पक्राउ गरेर नेपाल ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर ठगी गरेको कसुरमा अर्याल पक्राउ परेका थिए। अर्याल हिजो बिहीबार पक्राउ परेका थिए ।















