६ जेष्ठ २०८१, आइतबार

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएकोले पार्टी विभाजन भएको छैन : जसपा


जसपा केन्द्रिय पार्टी कार्यालय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले नयाँ दल दर्ताको निवेदन अवैधानिक भएकोले पार्टी विभाजन नभएको दावी गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै जसपाका प्रवक्ता मनीष सुमनले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

प्रवक्ता सुमनले हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै पार्टी विभाजन नभएको दाबी गरेका हुन् ।

केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबी समेत उनले गरेका छन् । उक्त विज्ञप्तिमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको छ ।

उनले जसपा दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको समेत जनाएका छन् । नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसद जसपा नेपालबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यस्तो छ जसपाले निकालेको प्रेस विज्ञप्ति

जसपाले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !