८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २ जना नयाँ संक्रमित


कोरोना संक्रमित

धनगढी, साउन २२ । सुदूरपश्चिम प्रदेशमा आज थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार २ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३७५ जनाको कोरोना परीक्षण गर्दा अछामका १ जना र कैलालीका २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २ जना नयाँ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !