१२ श्रावण २०८१, शनिबार

बालेनको चेतावनी – सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन


बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, सवै राजनीतिक दलका पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

आज सोमबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका फोहोर बोक्ने गाडीका चारजना चालकलाई नियन्त्रणमा लिइएकोमा आक्रोश प्रकट गरेका छन् ।

उनले जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने चेतावनी दिएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !