सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित Nepalpatra सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित
२० मंसिर २०७७, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन १७ । सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३३ जना पुरुषहरु र २० जना महिलाहरु गरी जम्मा ५३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८९ जनाको कोरोना परीक्षण गर्दा बझाङका २३ जना, कैलालीका ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २६ जना नयाँ संक्रमित



प्रतिक्रिया दिनुहोस !