८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३२ जना नयाँ संक्रमित


धनगढी, साउन २१ । सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १७ जना पुरुषहरु र १५ जना महिलाहरु गरी जम्मा ३२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८६ जनाको कोरोना परीक्षण गर्दा अछामका ७ जना, बजाङका ३ जना, कैलालीका २१ जना र कन्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

 

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३२ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !