८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३३ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन २० । सुदूरपश्चिम प्रदेशमा आज थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार २६ जना पुरुषहरु र ७ जना महिलाहरु गरी जम्मा ३३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७० जनाको कोरोना परीक्षण गर्दा अछामका ११ जना, कैलालीका २१ जना र कन्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३३ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !