८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित


सुदूरपश्चिम प्रदेश C

धनगढी, साउन १४ । सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३८ जना पुरुषहरु र १९ जना महिलाहरु गरी जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०० जनाको कोरोना परीक्षण गर्दा डडेल्धुराका ४ जना, डोटीका ३७ जना, कैलालीका ८ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. हेमराज पाण्डेका अनुसार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये २३ जना पुरुषहरु र १४ जना महिलाहरु रहेका छन् । ४ जना भने १ बर्षमूनिका बालबालिकाहरु समेत रहेका छन् । साथै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना पुरुषहरु र १ जना महिला गरी ५ जना, बेलौरी नगरपालिकाका २ जना पुरुषहरु र १ जना महिला गरी ३ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

डा. पाण्डेका अनुसार कैलालीको भजनी नगरपालिकाका ३ जना पुरुषहरु र २ जना महिलाहरु गरी ५ जना, बर्दगोरीया गाउँपालिकाका २ जना पुरुषहरु र १ जना महिला गरी ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !