२६ बैशाख २०८१, बुधबार

बझाङमा कोरोना संक्रमणवाट १ जना वृद्धको मृत्यु


मृत्यु

धनगढी, साउन १३ । सुदूरपश्चिम प्रदेशको बझाङमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षका वृद्ध रहेको उक्त नगरपालिकाका नगरप्रमुख धन बहादुर बिष्टले जानकारी दिएका छन् ।

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो । उनी दमको रोगी भएको बताइएको छ । घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जानकारी दिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । मृतक असार २४ गते भारतबाट फर्किएका थिए । उनको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो । योेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !