६ जेष्ठ २०८१, आइतबार

दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड पुगे वीर अस्पताल


प्रधानमन्त्री प्रचण्ड पुगे वीर अस्पताल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् ।

आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !