१५ बैशाख २०८१, शनिबार

कविता – घुम्न सबै मेरो देश नेपालमैं आऊ


नेपाल घुम्न
शोभा काफ्ले खतिवडा
शोभा काफ्ले खतिवडा

हो गगनचुम्बी महल त छैनन् मेरो देशमा तर शिखर झैँ असल मनहरुले भरिएको छ मेरो देश !
चिल्ला आठ र सोऱ्ह लेनका बाटा छैनन् मेरो देशमा तर अक्करका भिरमा जोगिएर हिँड्ने बलिया र बहादुर नेपालीहरु छन मेरो देशमा !!

हो डाउन टाउन भन्ने गगनचुम्बी भवनको एरिया छैन मेरो देशमा तर आकाश झैँ विशाल हृदयले भरिएका असल नेपालीले भरिएका दु:खमा पनि हाँसेर गगन छुने मनका धनी बसेको थुप्रै गाऊँ छ मेरो देशमा !
मानव निर्मित ठुला ठुला झर्ना र नायग्रा फल त छैनन् मेरो देशमा तर तिम्रै देशको डेविड बेहोस बनेर हेर्दा झरेको डेबिड फल र विश्व चकित हुने रारा, फेवा सहित सैयौँ प्राकृतिक रुपमा बनेका झर्ना र तालहरुको सौन्दर्य छाल छन मेरो देशमा !!

हो समुन्द्र पनि कतै छैनन् मेरो देशमा तर समुन्द्रमा भन्दा केयौँ गुणा बढी उर्जाको शक्ति समेटेर बसेका नदी खोलाले बनेको छ मेरो गौरवमय देश !
हो केही बेरको राजनैतीक अस्थिरताले विचलित भएको छ नेपालीको मन तर भटटट स्कुले नाबालक भुट्ने त्रास छैन मेरो देशमा !!

तिम्रो देशमा मानव अघिकार जति छ त्यति त छैन मेरो देशमा तर जम्मा तीनकोटी नेपालीको यो देशमा अधिकांश नेपाली हृदय हिमाल झैँ असल छन !
ठुला ठुला भव्य चर्च र मस्जिद त छैनन् मेरो देशमा तर ईश्वरीय आस्थाको केन्द्र विन्दु पशुपति, मुक्तिनाथ र जनक नन्दिनी सीताको जन्मभूमि छ मेरो देशमा !!

हो हिँऊमा खेल खेल्ने सहज हिमाल छैनन् मेरो देशमा तर विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत गगनचुम्बी शिखरका तातीहरु नै छन मेरो देशमा !
हो पुलिस र प्रसाशनले तैनाथ देशका रक्षकहरुले दिएको बन्दुकको नालमा बनेको शान्ति त छैन मेरो देशमा तर महाँ मानव बुद्धले तपका बलले खोजेर दिएको शान्ति बोकेर बसेका लाखौँ नेपालीको शान्त र सुन्दर छाती छ मेरो देशमा !!

हो हामी I Love you मात्र पनि सहज रुपमा भनि हाल्न त सक्दैनौ तर मायाँले भरिएको हृदयको भावमा मायाँ नै मायाँ भरेर भने पक्कै बसेका छौँ !
हो तिम्रा शहरहरुमा झैँ जताततै पाँचतारे होटलको सुबिधा त छैन मेरो देशमा तर घर-घरमा आथित्यको र आत्मीयताको ईश्वरीय सत्कार छ हाम्रो छातीमा !!

तर फेरि म मेरा देशका सर्वोच्च सत्तामा बस्नेहरुलाई पनि केही भन्छु

हो अथिति देवो भव: को सिद्दान्त बोकेर बसेको मेरो देश पाहुना अपर्झट आए त ईश्वरीय सत्कार गर्नुपर्छ भने
हामीले बोलाएर आउने पाहुनाको हरेक प्रकारको सुबिधाको ख्याल राख्नैपर्छ हामीले !

यसैले बिकास र समृद्दिका मार्ग तय गर !
कोही दिनलाई हैन युग खप्न मार्ग निर्माण गर !!
पानी बाटो खानपानको राम्रो ब्यवस्था गर !
मठ-मन्दिर धरोहर पाटी पौवाहरु सफा सुन्दर राख !!
पाहुनाको सुख-सुविधा र सुरक्षाको प्रवन्ध गर !

नेपाल घुम्न तस्वीर स्रोत : नेपाल पर्यटन बोर्ड वेभसाइट

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !