१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्


प्रधानमन्त्रीलाई पत्र - देशमा जनताको हाँसो गुन्जियोस्

हामीलाई हाम्रो देश प्रिय अनुभूत भई नै रहोस !
कानुन बिनाको देश भन्ने पटक्कै अनुभूत नहोस् !!

सत्तासिनहरुको मात्र नबनोस होला यो जन्मिएको देश !
जनताको यस्तो असल चाहना साँच्चै अव त पुरा बनोस् !!

ज्योति बनेर बाँचौ हामी न्याय होस निस्पक्ष निस्वार्थ त्यो घामको जस्तै !
कर्म हाम्रा यति असल हुन अनि शीतल मायाँ मिलोस् चन्द्रको असल पन जस्तै !

उपयोगी यति बनौ हामी सबैलाई सुख मिलोस प्रकृतिबाट झैँ अनवरत !
प्राण रक्षक बनौ हामी सबैको साथ होस जीवनलाई अमृतमय जल र चोखो पवनको झैँ !!

मायाँ सबैमा यसरी छरौँ कि मिठो धुन मुटुमा बजोस श्यामको बाँसुरीको धुन सरी !
जीवन उत्सर्ग यसरी गरियोस् महसुश गरोस प्राणी र धराले वेद र उपनिषदका ऋचाको रस बुझी !!

त्याग देशलाई हामी यति गरौ कि शहिद पनि हाँसुन जीवित झैँ बनी !
निस्वार्थ त्यागी यति बनौ हामी दानवीर बलि राजाले झैँ गरी !!

बाँच्न त बाच्छन प्राणीहरु सारा यो चराचर जगतमा जसै !
हाँस्न पनि जानेकै हुन्छन जीवहरु सबैले नै मस्त बनेर यसै उसै !!

तर हामी अव यसरी बाँचौ सिकुन हाम्रो बचाइ विश्वका सबै मानवले नै !
हर कदम यसरी चालौँ पदचाप हाम्रो बुझुन जगतले अमृतमय असल नै !!

काम यस्तो गरौँ अव हामी सिको गरुन हाम्रो सारा विश्वले नै !
राँको बनेर हिँडौ हामी न्याय मिलोस सारा हामी निर्दोष जनतालाई नै !!

अन्याय र अत्याचार यसरी कामोस हामीसित न्यायको राज बनोस यो मुलुक नै !
काम अव यस्तो असल गरौ तमसोमा ज्योतिर्गमय र असतोमा सत्तगमय बनोस हाम्रो पदचाप र जीवन मात्र विजय होस न्याय कै !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !