प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

साहित्यकार शोभा काफ्ले खतिवडाको जीवनको सहि अर्थ बुझी फराकिलो मन बनाएर सवैलाई सम्मान गरौँ भन्ने आशय भएको राष्ट्रवादी कविता

न त भाग नै खोसी म खाऊँ है सबैको !
न त आँशु झारौँ यो जीवनमा कसैको !!

न त आरोप लाऊँ म झुठो नै कसैलाई !
रुवाएर नहाँसौँ कुनै दिन पनि अरुलाई !!

जीवनको महिमा म बुझौँ है त सबैको !
आफु हाँस्नलाई खुशी नखोसौँ कसैको !!

म ठुलो हुँ भन्ने दम्भ, भाव नै नआओस् !
सबैको भलाईमा मेरो यो कर्म जाओस् !!

नदेखौँ म शत्रु मेरो भलाई गर्नेलाई !
सबै मित्र मानौ म जीवनमा असललाई !!

मरी केहो लाने र असल कर्म त हो नि जाने !
पिडा त हो जाने साथै हुनलाई खरानी !!

पिडा दिए पिडा पाउने त हो नि अवश्य !
हाँसो, खुशी दिए जीवन रम्ने हो निश्चय !!

देशका युवालाई म हरपल सम्मान गरौँ !
अग्रजलाई मायाँ अनि मान जतन गरौँ !!

बालिका यो देशका निर्भिक बनि बाँचुन !
सबैको माया जतन पाई यो विश्व हाँकुन !!

मनको काल, अमिलो र मैलो नफाली !
कहाँ बाँच्न सकिने रहेछ खै यसै हाँसी !!

सबै हाँसे पो त हाँस्न पनि कति रमाइलो !
सबै बाँचे पो त बाँच्न पनि हुने रमाइलो !!

यसैले जीवनमा यो असल कर्म म गरौँ !
सबैलाई बाँच्न र हाँस्न दिएर रमाऔँ !!

युद्द र पदको कुनै चाहना पनि नराखौ !
एक जुट बनेर यो देश हामी नै बनाऔँ !!

प्रकृतिले हामीलाई कति ज्ञान दिन्छ !
घाम आफ्नो गतिबाट जीवन रक्षा गर्छ !!

पवन र पानीले प्राणीमा प्राण भरी रहन्छन !
चन्द्रले मायाँको शीतल पाठ नै पढाउँछन् !!

बृक्षलाई हेर त तिमी फलिभूत बनेको !
हरेक मानिस त्यही अन्न खाएर बाँचेको !!

यस्तै पारौँ हामी पनि आफ्नो मनलाई !
सबैलाई खुशीी दिऊँ बनाऊँ राष्ट्रलाई !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?