१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ


प्रधानमन्त्रीलाई पत्र - देशका लागि झुक्न सिकौँ

समृद्धिको शिखरमा यो देशलाई हामी लानलाई सिकौँ !
यदि देश बन्छ भने स्वाभिमान जोगाई झुक्न पनि सिकौँ !!

देशको उन्नति र विकास जसरी पनि अव गर्नु नै पर्छ !
यसकै समृद्धिका खातिर अव झुक्न परे पनि झुक्नु पर्छ !!

सारा जनता, सेना, प्रहरी देश विकासमा साँच्चै जुट्नु पर्छ !
देशलाई नाकाबन्दीको ठुलो त्रासबाट मुक्त छिट्टै गर्नु पर्छ !!

देशका खतिर स्वार्थ त्यागी मनले सबै जना जुट्नै पर्छ !
पौरख गरी सबै नेपालीले देशको अव विकास गर्नै पर्छ !!

पर्यटनको विकास गरी उर्जाको उन्नत खेती गर्न सकेमा !
देशको पिडा सबै हट्थ्यो र हट्थ्यो पिडा नाका बन्दिको !!

जताततै हिरा फल्ने सुनको यो मेरो देश पो हो नि !
खानी भरी जमिन भरी उर्जा फल्ने प्रदेश पनि त हो नि !!

सारा द्वैष र रिस, राग पनि फ्याँकेर अव पौरख ठुलै गरौँ !
आत्मनिर्भरता गहना हो हाम्रो, यो पाठ हामी राम्रोसित पढौँ !!

झुक्नु पर्दछ है जगत भरी पुगि यदि यो देशका खातिर !
मन्दिर देशका चिनारी हुन् झुकोस पुगेर अव सबैको शीर !!

झुक्छन् वृक्षहरु पनि सँधै फलले भारी हुँदामा अति !
मानिस झुक्नु सँधै नै अति असल हो नरोकौँ यो रिति !!

माथी त्यो समतल हरेक खर्कहरुमा चौँरी चर्दछन् !
डाँडा पाखा अनि चौरहरु भरी प्राणीहरु नै सँधैँ रम्द्छन् !!

आफ्नो रुप नदीसित संगै बसेर देखाउँछन जलनीधि !
झुक्छन मेघहरु पनि गगनमा पानी लिएका भएर अति !!

यो मेरो मनमा पनि धर्तीको झैँ भाव केही जाग्दछ !
देशका खातिरमा हे ईश्वर तिमीमा समृद्दि नै हरपल माग्दछ !!

घाम रोपौ उर्जा खोजी र ताराहरु पनि रोपौ उज्यालोका लागि !
मनमा शितल म चन्द्र रोपौ मायाँका सुखद भावहरुले छोपी !!

अखण्ड होस मेरो राष्ट्र अक्षुण हौँ हामी सारा !
यो देशको समृद्धि र विकासको हो जीवनको सही आधार !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !