१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु


प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र - हाम्रा आशाहरु

एउटा असल मुहारमा नि अनगिन्ति भावहरु हुन्छन् !
ति मुहारका भावहरु पढ्ने मानिस नै त ज्ञानी बन्छन् !!

युवाको पिडा के के होला त्यो सारा अव बुझ्नुपर्छ !
रोजगारी उत्कृष्ट बनाई ज्ञान बलको प्रयोग हुनुपर्छ !!

नेपालीका पिडा र ब्यथा हटाउन सफल हुनुपर्छ !
हरेक बर्ग जाती समुदाय यो देशमा सुरक्षित हुनुपर्छ !!

देश यो भ्रष्टाचारले डुब्ला समयमै सचेत हुन् अव पर्छ !
देशको गरिमा यो जगतमा स्वच्छ र सुन्दर हुनु पर्दछ !!

यो देशको माटोमा पनि त सम्भावना कति प्रचुर छन् !
ति सम्भावनाहरुलाई अव पहिचान गर्ने युवा चाहिन्छ !!

कसैमा पिडा अति नै हुन्छ कसैमा खुशी ब्याप्त हुन्छ !
पिडा किन र कसरी भयौ खुशी रहन कसरी सक्यो !!

यसै कुरामा बिवेक पुर्याउने मानिस नै बिवेकशिल हुन्छ !
देशको सुन्दर छाती पनि किन दुख्छ हामीले बुझ्नुछ !!

सत्ता त कुनै प्राप्ति हैन; देश बुझ्नु हामीले पर्छ !
देशको मुहार हँसाउने; समयमा कोशिष गर्नुपर्छ !!

पिडामा छटपटिन्छ कोहि त्यो पिडा बुझ्न सक्नुपर्छ !
मनको भित्रि चाहना के हो त्यो समाधान गर्न सक्नुपर्छ !!

देश भन्दा ठुलो जीवन हैन पृथ्वीको पराक्रमलाई बुझ !
मायाँले यो जगत जितिन्छ यो श्याम वंशीधरलाई सोध !!

राजाको राज्य कस्तो हुन्छ विक्रमादित्यलाई गएर सोध !
राम राज्य कस्तो हुनुपर्छ जनकको राज्य व्यवस्था रोज !!

विकास र समृद्धिले हाम्रो भूमि अव साँच्चै रम्नु पर्छ !
सहयोग त एउटा ऋण हो ऋणले भूमि सजाउनु पर्छ !!

ऋण तिर्ने हर क्षमतालाई देशमा विकास नि गर्नु पर्छ !
युवालाई सक्षम नै बनाई देश धनि पनि बनाउनु पर्छ !!

भएका हर असल उपलब्धि मुल्याड्कन गर्न हामीले सक्नु पर्छ !
प्रतिपक्ष पनि अव हरदम सहयोगी असल बन्नु पर्छ !!

सतर्क गराउने हरेक जिम्मा उसले अव निभाउनु पर्छ !
सँधैभरी नकारात्मक बन्ने बानी देशको हितमा छोडी हाल्नु पर्छ !!

बिकास र समुन्नतिका खातिर दौत्य सम्वन्ध स्थापित गर्नु पर्छ !
कुटनीति के र कस्तो हुनुपर्ने हो यो कुरा हामीले पनि जान्नु पर्छ !!

यो देशको मुहार हँसाए यो भन्दा ठुलो पूण्य हुन्न !
नेपालको गौरव बढाए यो भन्दा ठुलो धर्म हुन्न !!

राष्ट्रको सबैभन्दा धेरै र उपलब्धिमुलक लगानी शिक्षाको क्षेत्रमा होस् र युवाको मुल्याकन र योगदानमा प्रयोग होस् । राजधानी केन्द्रित हैन विकट गाऊँ केन्द्रित विकासहरु तर्जुमा र कार्यान्वयन होस् । राष्ट्र समृद्धि र विकासका बेला हरेक पटक प्रतिप़क्ष नकारात्मक मात्र नबनोस । भएका उपलब्धिको प्रशंशा र मुल्याड्कन गरोस् । सकारात्मक, सहयोगी र सचेतकको गरिमामय भूमिकामा ऊ उभियोस् ।

देशका गरिमामय ठाऊँहरुमा समेत भ्रष्टाचार भएको सुनिन्छ र यो के कसो भएको हो र किन के कारणले हुन्छ ? यस्तो र यसरी भ्रष्टाचार कतै उद्योग धन्दामा उपलब्धिमुलक र उत्कृष्ट रुपमा लगानी र उत्पादन नभएर हो कि या मानसिकतामा छाएको गरिवीले हो ? पत्ता लगाई देशको छवि उज्वल र भ्रष्टचाररहित देश बनाउन कडा कदम चाल्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध पत्र एवं जनगुनासो

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !