१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव


प्रधानमन्त्रीलाई पत्र - बेलैमा दिऊँ साथ सुझाव

जहाँ हाँस्न खोज्नेलाई खुलेर हाँस्न दिऊँ !
रोइरहेका हरुको आँशु पुछी हाँसो दिऊँ !!

केही गर्छु भन्नेलाई कदापि हतास पनि पार्दै नपारौँ !
बरु सकेको सहयोग र साथ समयमा हामी सबैको सबै नेपालीलाई दिऊँ !!

नेपाली नेपाली मिलेमा जड्घार कठीन हजार नि तर्न सकिन्छ !
जसले जे जे असहयोग गरेपनि, सुखले देशमा हाँस्दै बाँच्न सकिन्छ !!

अरुले देशलाई के गरे भन्दा पनि, हामीले के के दियौँ यो शोचौँ !
देश सुन्दर समृद्द पार्नलाई सहज वातावरण कति दियौँ यो बुझौँ !!

मरेपछी बिचरा, कठै भन्ने, बानी जति अहिल्यै छोडौँ हामी !
जीवनकालमै सहयोग दिई हाँस्न र खुशी हुन दिऊ अनि !!

देश भन्दा ठुलो केही छैन भनेर हामीले बुझ्नु नै पर्छ !
देशकालागि साँच्चै गर्नेलाई समयमै साथ सबैले दिनुपर्छ !!

सगरमाथाको शोभाले भरिएको यो मेरो प्यारो हाम्रो देशमा !
नदी;नालाहरु शक्ति बोकेर नागबेली भई बगेको सुन्दर प्रदेशमा !!

ईश्वरमा अपार आस्था बोक्ने नेपालीको यो सुन्दर भूमिमा !
मनका असल नेपालीहरु, रमाउन चाहने पावन प्रदेशमा !!

यसैले यो प्यारो देशलाई चन्दन झैँ पवित्र बनाउनुपर्छ !
देशको शोभा बढाउन र निकास, समृद्दि ल्याउन लागि पर्नुपर्छ !!

असल सोच हरेक नेपाली हृदयमा अव भने सँधै नै पलाओस् !
एकले अर्को नेपालीलाई सहयोग र साथ दिने भाव आओस् !!

एकताको सुत्र बनाई त्यागको भावना मनमा विकास गरौँ !
यो देश समृद्द बनुन्जेलसम्म हातेमालो र मन मिलाऊँ !!

काँशको फूलझै पवित्र हामीले जन्म भूमि पार्नु पर्छ !
लाली गुराँस र चाँप चमेली ,सुनाखरिले देश सजिनु पर्छ !!

नेपालीले नेपालीलाई हरपल सहयोग र साथ दिने !
यस्तो शोच हरेक मनमा नेपालीले चिताउनुपर्छ नि !!

गण्डकीको पवित्र जलझैँ देश पनि पावन बनाउनु पर्छ !
टुक्रामा हैन छातीमा देशको सग्लो स्वरुप कोरिनु पर्छ !!

धानका बाला झुले जसरी देश छातीमा झुलाउनु पर्छ !
सगरमाथाको समृद्धिले नै मेरो देशको पहिचान बढ्नुपर्छ !!

नेपालीका आँखाबाट अव आँशु जति सबै झिकिनु पर्छ !
सबैको मुहार भरि खुशीको हाँसो खोजेर हामीले ल्याउनु पर्छ,पर्छ !!

घामका किरणको शक्ति मन र माटोमा भर्नु हामीले पर्छ !
चन्द्रको मायाँ र जतनले मुटु यस्तै हरपल रम्नु पर्छ !!

हरेक खोलानाला अव यो देशका पवित्र भै बग्न पाउनु पर्छ !
डाँडाकाँडा फलफूलहरु लगाई लटरम्मपारी भर्नु पर्छ !!

एकताको शंख घोष देशमा मिलेर हामीले फुक्नु पर्छ !
नत हाम्रो यो जीवनको सार र अर्थ ब्यर्थ जान्छ !!

देश भन्दा ठुलो हो यो कुरा बुझ्नु नै पर्छ !!
छिमेकको समृद्दि र विकास ह्रेरेर यो देश बन्नु पर्छ !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !