७ बैशाख २०८१, शुक्रबार

कविता – कर्मले लिपौँ देशको भित्तो


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

मेरा लागि मात्र म बाँचे यो देशका लागि अव बाँचौँ !
केहि गर्न यो धराका लागि भनेर यो जीवन साँचौँ !!१!!

हिमाल हाम्रो किन हेर्छन होला, सारा जगतले ?
अमृत धारा यसै बगेर होला, भन्छ मेरो यो मनले !!२!!

कहाँ छ र यो जगत भरमा यस्तो दिब्य दृष्य !
यो हो स्वर्गको भव्य चित्र नै कि त अवश्य  !!३!!

झलमल्ल देखिने ति हिरा मोती झैँ दीव्य शिर !
कहाँ होला यो धरामा अमूल्य यस्तो स्थिर !!४!!

प्यारो र पवित्र नेपाल हिमाली देश हो मेरो !!
हरेक जाती मिलेर बनेको शान्तिको प्रदेश हाम्रो !!५!!

यो घरामा जन्मन पनि पाएर होला यसरी !
यो भन्दा सुन्दर धरा छैन झै लाग्छ कसरी!!६!!

मेरो हिमाल माथी पनि पुग्न साँच्चै म पाऊँ है !
भु-स्वर्गमा जन्मेकी छोरी भनेर म रमाऊँ है !!७!!

बरु स्वर्गमा जान पाऊँ या कदापि नपाऊँ म !
यो नेपालको हरेक भु-भाग घुमेर रमाऊँ म  !!८!!

यो कृष्णको भूमि अनि पशुपतिको देश हो !
यो मुक्तिको क्षेत्र प्यारो अखण्ड प्रदेश हो !!९!!

पार्छ घामको झुल्कोले उज्यालो मेरो भूमि !
चन्द्रले मायाँ छर्दै छाती यो शितल पार्ने हो नि !!१०!!

नदि बग्दछन अमृत धारा हरपल यहाँ बगाई !
र बल्दछन दिब्य ज्योती यहाँ सँधै जगमगाई !!११!!

ऐश्वर्यको खानी छ मेरो हिमाल भरी बसेको !
पाहाड मधेश मेरो मुटुमा सुटुक्क छ पसेको !!१२!!

मलाई चाह छैन हजार जन्म यहाँ पाउने !
यहि जन्ममा पाऊँ समृद्द यो धरामा रमाउने !!१३!!

यो छाती भरी धन,ऐश्वर्य लिएर म त जान्न !
तर चाहना छ ठुलो मित्र भावमा बाँच्न !!१४!!

मलाई चाह छैन कुनै मान अनि पदविको!
धरा दिब्य बनोस मेरो चाहना यहि नै हो !!१५!!

कठ्याड्ग्रिएर यहाँ कोहि प्राणी प्राणै नफालुन !
बृद्द,बालकै न्यानो पाई हरपल रमाउन् !!१६!!

यहाँ हाम्रा चेलीहरु सबै रमाएर बाँचुन !
हरेक नेपाली जाति यो धरामा मस्त भै रमाउन् !!१७!!

यो माटोको मूल्य जग भन्दा धेर होस् !!
ऐश्वर्य फल्ने मेरो भूमि फलोस् फुलोस् !!१८!!

कहाँ जन्मने ईश आएर मलाई सोधुन् !
हजार जुनि यो धरामा मात्र नेत्र खोलुन !!१९!!

हिमाल हाम्रो शिरको शोभा सुन्दर बनेर !
हिराको झैँ मुकुट हाम्रो हृदयको पाटो भरी भिरेर !!२०!!

नेपाली हामी नझुकौँ है कतै अव !
उठौँ उठाई हिमाल झैँ हाम्रो यो शिर !!२१!!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

गर्विलो छ मेरो धरा

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !