१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि


प्रधानमन्त्रीलाई पत्र - शान्तिको भूमि

वुद्धले शान्ति छरेको देश
सगरमाथाले भरेको देश
नदी र नाला बगेको देश
ईश्वरमा आस्था हुने देश

चन्दनको रुख झैँ पवित्र
मेरो यो देश बनाउनु पर्छ !
यस्तो शोच हरेक नेपाली
हृदयमा मै पलाउनु पर्छ !!

काँशको फूल झै पवित्र मैले
मेरो जन्मभूमि पार्नु पर्छ !
यस्तो शोच हरेक मनमा!
नेपालीले चिताउनु पर्छ !!

गण्डकीको पवित्र जल झैँ
देशनि पावन बनाउनुपर्छ
टुक्रामा हैन छातीमा देशको
सग्लो स्वरुप कोरिनुपर्छ

धानका बाला झुले जसरी
देश छातीमा झुलाउनुपर्छ
सगरमाथाको समृद्धिले नै
देशको पहिचान बढ्नुपर्छ

नेपालीका आँखाबाट अव
आँशु जति नै झिक्नुपर्छ !
मुहार भरि खुशीको हाँसो
खोजेर ल्याउनुपर्छ पर्छ !

हरेक खोलानाला देशका
पनित्र भै बग्न पाउनुपर्छ !
डाँडा, काँडा फलफूलहरु
लगाएर टम्मपारी भर्नुपर्छ

एकताको शंखघोष देशमा
मिलेर हामीले फुक्नुपर्छ !
नत हाम्रो जीवन देश भन्दा
ठुलो हो यो बुझ्नु नै पर्छ

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !