१८ बैशाख २०८१, मंगलबार

तीन मुक्तक


सूर्य पौडेल

खै पाउनु केही छैन ।
गुमाउनु केही छैन ॥

जिन्दगी शून्य-सुन्ने हो;
सुनाउनु केही छैन ॥
_______________

तिम्रो सासले ‘सूर्य’ निभाउन न-ठान सक्छ ।
के ठान्छौ यत्तिकै स्यालले सिंह नै खान सक्छ ?

छ महिना जिम गई आऊ मेरा खुट्टा तान्न,
बिना कसरत ‘साथी’ तिम्रो गानो जान सक्छ ।
________________________

न कोही शत्रु न कोही मित्र ।
गर्दैछु सुरु यात्रा विचित्र ॥

नखोज्नू बाहिरी संसारमा,
घुम्दै छु केवल आफै भित्र ॥
__________________

सूर्य पौडेल
बा नपा १३ बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !