१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक


प्रधानमन्त्रीलाई पत्र

गरौँ अव सहयोग असल प्रतिपक्षी बन्दै !
खनौ देशको माटो कृषिमा अपार क्रान्ति ल्याउँदै !!

राजनीति देशको विकास गर्नलाई पो हो !
सत्ता प्राप्ति मात्र लक्ष्य हो कि जस्तो देखियो !!

सत्ता पक्ष पनि अव सचेत हुनै पर्छ !
जनताले अनुभूत गर्ने विकास दिनु पर्छ !!

माला लाउने विदेश घुम्ने शान पट्टि लाउने !
नब राजाको जस्तो विलासितामा रमाउने !!

काम यस्ता सबै छाडी ध्यान यो देशमा लगाऊँ !
देश बन्दा सम्मान बढ्छ यो कुरा मनले बुझौँ !!

देश विकासको चरम चरणमा छ !
असल साथ र सहयोग यस्ले खोज्दै छ !!

सत्तामा हुनेले आत्म आलोचना गरौँ न !
किन ढिला भयो यो देश बनाउन शोचौँ न !!

हातमा डाडु पन्यु छन् मिठा योजना पस्कौ न,
सेनालाई पनि यो देश बनाउने जिम्मा सुम्पौ न् !!

हरेक कुरामा यति बेला यो प्यारो देशले !
सारा नेपालीको सहयोग र साथ खोजेको छ !!

प्रतिपक्ष विरोधमा मात्र अहिले उत्रनु हुँदैन् !
सचेतना सहित दवाव दिएर देश बनाउँन् !!

कर्तब्यको घेरा के हो सबैले बुझौँ न !
हाम्रो भूमिका देशलाई के हो यो बुझौँ न !!

देशमा जलको खेती गरौ उर्जा झिकौँ न !
युवा ज्ञानको प्रयोग गरी यो देश बनाउन् !!

सारा नेपालीलाई पर्यटनको पाटो अझै सहज बनाई !
विश्व जगतलाई हाम्रो देश देखाऊँ न !!

कृषि भूमि तराईका सारा मैदानहरुमा !
जल कटानको ब्यवस्था मिलाई सुधार गरौँ न !!

उन्नत बिऊ बिजन साधन देशका कृषकलाई !
सहज रुपमा पुर्याई उन्नत खेति गराऊँ न् !!

विरोध र असहयोग हामी पछी गरौँला !
पहिला यो देश बनाउन दऱ्हो साथ दिउँन् !!

देश रहे त गरौला हामी सहज राजनीति !
यसरी बिवाद गरे त कतै देशै गुमाउँला !!

संसारको नजर छ हाम्रो मुलुकमा !
चिन र भारत समृद्दिको छन यात्रामा !!

माझमा छ यो सानो तर सुन्दर प्यारो देश !
जल पर्यटन कृषिमा छ समृद्धि अशेष !!

तर हामी मिलेर यस देशका लागि लड्दैनौ !
परेका बेला सहयोग र साथ पनि दिदैनौ !!

भोली सबै वितेपछि ज्या नभन्नलाई !
आफ्नै देशको समृद्दको लागि पो मिलौ न !!

सत्ता, कुर्सी,पदका लागि मरिमेटने योपन !
हरेक छातीबाट यस्ता कुरा त्यागौ न् !!

सिरिया लगायत विश्वका देश कसरी त्यस्ता बने !
भन्ने कुरा अध्ययन मनन् गरेर बुझौँ न !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !