२६ बैशाख २०८१, बुधबार

इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङले गरे मतदान


सुहाङ नेम्वाङ

काठमाडौं । इलाम–२ मा नेकपा (एमाले) का तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्रमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !