६ जेष्ठ २०८१, आइतबार

अनेक गरेर पनि आफ्नो सरकारलाई पूरै अवधि टिकाउने प्रधानमन्त्रीको दावी


प्रधानमन्त्री प्रचण्ड

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर पनि सरकारलाई पूरै अवधि लाने बताएका छन् ।

आज बुधबार बिहान जिल्लाको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग भेटघाट गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस्,’ उनले भने, ‘विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’

यसरी अनेक गरेर पनि आफ्नो सरकारलाई पूरै अवधि टिकाउने प्रधानमन्त्री प्रचण्डको भनाईले उनको सत्ताप्रतिको मोह अवश्य झल्काउँछ ।आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको बताएका छन् ।

यस्तै उनले बजेटमार्फत नयाँ आशा स्थापित गर्ने काममा आफू भरपूर लागिरहेको बताए । नयाँ बजेटमार्फत जनसमस्याको विषय सम्बोधन गर्ने प्रयासमा आफू रहेको उनले बताएका छन् ।

उनले माओवादी धाराका दलहरुको एकता संयोजन समिति बन्न लागेको जानकारी पनि कार्यकर्ता भेलामा गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु