१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?


प्रधानमन्त्रीलाई पत्र - युवा पलायन किन हुँदैछन् ?

किन रोज्छन सोचौँ हाम्रा युवाले अमेरिका यूरोप र अन्य राष्ट्र सँधै ?
राष्ट्र लगानी गर्छ जनतालाई तर राष्ट्र बन्छ सँधै युवाशक्ति विहिन् नाङ्गै !!१

शायद देश हाँक्नेको अबुझपन हो की या हो पराइ मुलुकको समृद्दि र विकास नै कारण ?
किन होला टिक्न सक्दैनन् युवाहरु जन्मेको भूमि जीनवभरी नै अझै !!२

कसरी दिने देश मोह र राष्ट्र समृद्दिको योगदानमय शिक्षा सबैलाई ?
कसरी हो टिकाउने युवाहरुलाई र जोगाउने यी राष्ट्रका सम्पतिलाई ?३

देशमा सहजता नभएर होकी या हो विदेशमा देख्छन सहजता धेरै !
यो देशले नै जानी जानी देशलाई युवा बिहिन बनाएको हो कि त यस्तै ?४

किन भाग्छन जन्मभूमि छाडी युवाहरु त्यो पराइ भूमिमा ?
के खोज्न जान्छन् हरेक मानिस अरुले समृद्द बनाएको पराई देशमा ?५

राम्रो पनि कतै देखिन्न किन हो ? यो युवा बिहिन घर र देश उजाड !
समृद्दिको पाटो र विकास अधुरो ज्ञान युवाहरुकै अभावको देखिन्छ भेष !!६

ज्ञानका दीपक कतै बल्दैन्न किन यस धरामा आज भोली !
बहादुर छातीहरु पनि भेटिन्नन् भूमिमा वीरता हराए झैँ गरी !!७

युवाको ज्ञान नपाउँदा सुन्य छन् हरेक माटो र खेतका गहृाहरु !
विकास दर्हिलो चाखेका छैनन् झैँ देखिन्छन हरेक हाम्रा धराका पाटाहरु बरु !!८

कसरी र किन होला नि टिक्दैन्न युवा शक्ति यस भूमिमा आजकल ?
चाहना नै राख्दैन्न किन कर्म पोख्न जन्मिएको यो माटो र जन्मभूमिमा !!९

जन्मदाताहरु एक्लो निरस जीवन शुन्यमा हरपल बिताउँछन बाटो हेर्दै !
सन्तान भने पराई भूमिमा कर्म पोख्न किन होला कति उद्धत र बाध्य बन्दै !!१०

यसको निधान सहज लगाओस अव राज्यको सारा तागत र वौद्दिक संयन्त्रले !
कारण के के हुन पत्ता लगाओस सारा यो कुरा हाम्रो सत्ता संसद र मुलुकले !!११

युवाको चाहना र मनलाई रोक्ने सुबिधा सारा जुटाओस् मुलुक!
विज्ञानमा विकास,उर्जामा चमत्कार गरेर बढाओस शान यस देशमा !!१२

घुम्न जगत जाउन, ज्ञान छर्न परराष्ट्र धाउन जानेको कुटनैतिक मर्यादा र शानले !
नेपालको गरिमा समुन्नत पारुन अव विश्वमा नेपाली गौरवमय अभिमानले !!१३

शिक्षा आर्जन गराओस् देशले कर्म गराओस हर युवा जोसको !
हरेक मानिसको योगदान होस अनि देश देखियोस उत्कृष्ट भेषको !!१४

नयाँ, नौला आविष्कार गराउनलाई भूमिका सुम्पियोस् राज्य सम्यन्त्रले !
युवाले सजियोस् यो मेरो देश अनि ज्ञानले भरियोस देश युवाको जोशले !!१५

ज्ञान पोखेर समृद्द बनोस जन्मभूमि,विकासका पथले धरा बलियो होस् !
गाऊँ गाऊँ समृद्द बनेस शिक्षाको उज्यालो जताततै पोखियोस् !!१६

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !