, प्रधानमन्त्रीलाई पत्र - देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

साहित्यकार शोभा काफ्ले खतिवडाको देश सिस्टममा चलोस् र सत्तासिन पार्टीले सुनौलो नेपाल बनाउन प्रेरणादायी भूमिका निर्वाह गरुन र सत्ताको मदलाई त्यागेर जनता र प्रतिपक्षीको साथ सल्लाह सुझाव लिएर देश अघि बढोस भन्ने कामना गरिएको कविता

आमा,
खै त यो देश र सारा नेपालीको मन जित्ने र मुहारै फेर्ने सुनौलो अनि नौलो राजनीति ?

आमा !
मलाई एकथान राजनीति चाहिएको छ सुनौलो रड्गको !

पाइन्छ त आमा कतै त्यो राजनीति किन्न ?

किनकी आमा, मैले नेपालीले देखेको समृद्द नेपाल र सुखी नेपालीको सपना कल्पना र मनलाई लिपिदिनु छ त्यो सुनौलो राजनीतिले
ताकि अव कहिल्यै नहराओस तिनको सुनौलो सुन्दर सपना र देश पनि प्रवेश गरोस् अव स्वर्णीम युगमा !!

आमा,
कोसित कतिमा किन्न पाइन्छ त्यो सुनौलो राजनीति ?

कि,
प्रधानमन्त्री क्वाटरमा पो छ कि या राष्ट्रपति भवनभित्र छ ?
कि संसद भवनको गेटभित्र संबिधान सभामा कुनै रातो रिवनले बाँधेके बाकसभित्र छ आमा ?

आमा कति मुल्य हो त्यो
सुनौलो राजनीतिको ?
मसित र तपाइसित भएको पैसाले पुग्छ कि न
किनकी अव त्यो नभई भएन आमा !!
मलाई जसरी पनि त्यो सुनौलो राजनीति किन्नुछ !

किनकी आमा, म यति बेलामा नेपाल भूमि दौडाहामा छु र मेरा नयनभरि आँशु बनेर कर्णालीको सिंजा झैँ देशका
विकट प्रदेश छातीभरि दुखेको छ !

आमा,
म यति बेला बिहान भोक भोकै अक्करमा बाख्रा चराउन जाँदा भिरबाट खसेर खोलामा बगेको त्यो स्कुल जान पाउँछु र जाने
बेलामा भात पनि खान पाउँछु भनेर रमाउँदै गएको दश वर्षको बालखको खोलाबाट आएको चित्कारले अतालिदै छु आमा !!

आमा, कसरी को सित मागेर ल्याउँनु ?
त्यो सुनौलो रड्गको सुन्दर राजाको नीति या राजनीति !!

किनकी अन्याय, अत्याचार गर्नेलाई पनि दर्हो कानुमा बाँध्नुछ !
गरिवको गरिवी हटाउने र तत्काल राहत हुने योजना ल्याउनुछ !
देशका हरेक भुभाग नेपालीको सहज पहुँचमा पुर्याउनु छ नि आमा !!

विसड्गति विकृति र जरो गाडेका कुरीति कुसंस्कार उखेलेर फाल्नुछ !
महड्गि र अब्यवस्था र मनपरी तन्त्र बन्द गर्नु पनि त छ आमा !!
किनकी मेरो देश नीति नियममा चलेको हेर्न मन छ !!
हरेक नेपालीले नेपालीको सुख र खुशीका लागि त्याग गरुन यो मनको ठुलो चाहना छ !
यसैले आमा मलाई सुनौलो राजनीति यो देशलाई स्वर्ण युगमा लानका लागि चाहिएको छ !!

तर कसरी त्यो सुनौलो राजनीतिको सुन्दर रुपले लिपिदिनु ति निर्दोष नेपालीको सुन्दर सपनालाई सुनौलो राजनीतिले ?

अन्याय अत्याचारको अन्य भै न्याय नपाए नेपाल जानु भन्ने उखान जगतलाई भन्न लाउनु छ आमा !!
आमा ति छाऊ गोठका साथीहरुको मनको त्राषमा कसरी कसरी खुशीको सुनौलो विपना पोतिदिनु ?
अनि तुहिनबाट स्कुल पुगेर देश कोर्छु भन्नेलाई कसरी सुनौलो पुल बनाइदिनु मेरी आमा ??

आमा म त यो सुनौलो राजनीति जसरी पनि किनेर ल्याउँछु चाहे त्यो किन्न बाबाले ढुड्गा बोकेर कमाएको सब्बै पैसा त्यसका लागि खर्च गर्नु परेपनि परोस् मेरी आमा !!

देशका हरेक नागरिक कर्मचारी पुलिस, सेना देश विकासमा लागुन यो कामना छ !!
हिमाल पहाड र मधेस यो देशका सुनका टुक्रा बनुन यो कामना छ आमा !!

आमा अव त्यो सुनौलो राजनीति म देशको सत्ता हातमा लिने र प्रति पक्षमा बसेर अनुकरणीय भूमिका निर्वाह गर्न नसक्नेहरु जति सबैलाई सुनाएर मागेर ल्याउँछु !
किनकी देशका हरेक नागरिक सत्तासिन र कर्मचारीलाई हाम्रा पर्यटकीय गन्तब्य र धार्मिक स्थल पुर्याएर क्षमा माग्न लाउनुछ !
किनकी हाम्रा धार्मिक धरोहरहरुको कला र संस्कृति ठुला बडाले नटेक्दा लोपोन्मुख बनि सके !
यसैले आमा जसरी पनि एउटा सुनौलो राजनीति
मेरो देशलाई चाहिएको छ आमा सारा नेपालीका चाहना पूर्ण हुने गरि लिपि दिनका लागि !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्