१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु


प्रधानमन्त्रीलाई पत्र - न्याय नपाए नेपाल जानु

विभेदको यो राज्य हैन एकताको महान् यो देश बनोस् !
न्याय मपाए गोर्खा जानु भन्ने सन्देश पुन: साकार होस !!१!!

भत्काऊ मनका तिम्रा सारा विभेदका किल्लाहरुलाई !
जोडेर आऊ बरु देशका हरेक गाऊँ र जिल्लाहरुलाई !!२!!

नेपाली नेपाली माझ न त कुनै भेद भाव नै तिमी राख !
सारा नेपालीलाई तिम्रो मुटुको माझमा असलपनले राख !!३!!

यो देशलाई पनि दह्रो कानुनको घेरामा सुरक्षित राख !
आमा झैँ सम्मान तिम्रो जन्म धरालाई पनि गरी राख !!४!!

अन्याय अत्याचार र जातीयताको सारा भेदभाव !
छाउपडी गोठमा लगेर तिनलाई तिमी थुनी ओरी आऊ !!५!!

यो देश थोरै पदीय गरिमा ओगटेनेको मात्र हैन् !
हिजो अर्कै थिए त्यो पदमा आज त्यो तिम्रो मात्र हैन् !!६!!

सन्ततिको जीवन बाँच्ने यो ठुलो आधारभूमि हो !
यसलाई तिमीले जगतकै सुन्दर बनाएर जोगाउनुपर्ने हो !!७!!

सत्ता र पदको मोह भङ्ग अव सबैले देशमा गर्नु नै पर्छ !
पहिला राष्ट्र समृद्द बनाई जन्म ऋण यो धराको तिर्नु पर्छ !!८!!

अन्याय अत्याचार कसैमाथि नहोस यो कुरा देशले बुझ्नु पर्छ !
नत्र त यस देशको पहिचान विश्वमा यसै नै धमिलो हुन जान्छ !!९!

यो देश हाम्रो हो सुनको धर्ती अनि हिराको हिमाल छ शिरमा !
अमृत फल्छन पाखा र भित्तामा गौरव गरौँ सबैले दिलमा !!१०!!

गरेर खाए उर्जाको खेतीले समृद्द हुन्छ हाम्रो यो मुलुक !
पर्यटन, पानी, हिमाल दर्शनले चिनिन्छौ विश्वमा हामी !!११!!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !