राजनीति

  • nardevi pun

    आर्थिक परनिर्भरताका कारण महिला हिंसा

    ९ मङ्सिर, कास्की । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक […]

  • shashanka

    राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा. कोइराला

    ८ मङ्सिर, कावासोती । नेपाली काङ्गे्रसका महामन्त्री डा. शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।” महामन्त्री डा कोइरालाले नेपालमा ६० प्रतिशत व्यक्ति ४० वर्षभन्दा कम उमेरका रहेको […]

  • जनचाहनाअनुरुप काम गर्न सुझाव

    ८ मङ्सिर, काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले परिवर्तित सन्दर्भमा जनचाहनाअनुरुप सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । पार्टी पुनःगठनको पाँचौ वर्षगाँठको सन्दर्भमा भृकुटिमण्डपमा आज आयोजित जनसभामा बोल्दै उहाँले दुई तिहाई जनादेश पाएको सरकारले जनआकांक्षाअनुरुप काम गर्न नसकेपनि अवसर र चुनौतिको सम्भावनालाई समयमै बुझेर अघि […]

  • upendra yadav

    संविधान संशोधनको प्रस्ताव अघि बढाइने

    ७ मङ्सिर, चितवन । उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अहिले आफूहरु तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने बताउनु भएको हो । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको जानकारी दिनुभयो […]

  • yuvraj

    सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो, प्रतिस्पर्धा होइन : अर्थमन्त्री

    ७ मङसिर, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले हाम्रो विकासको ढाँचा भनेको सरकारी, सहकारी र […]

  • Nepali-congress

    काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

    ७ मङ्सिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताउनुभयो । “महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । […]

  • shakti-basnet

    जलवायु परिवर्तनबाट हिमालय क्षेत्र बढी प्रभावित

    ६ मङ्सिर, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग (खुला छलफल)को उद्घाटन सत्रमा उहाँले जलस्रोतको मुहानका साथै जडीबुटीको भण्डार र जनजिविकाको माध्यम हिमालय क्षेत्रको […]

  • KP Oli

    हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ

    ६ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उहाँले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याउनुभयो । “हरेक […]

  • prachanda

    सुकुम्वासी समस्याको समाधान छिट्टै : अध्यक्ष दाहाल

    ६ मङ्सिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उहाँले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताउनुभयो । सो अवसरमा उहाँले […]

  • deuva

    न्यायपालिकाको अस्तित्व समाप्त पारेको आरोप

    ५ मङ्सिर, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाउनु भएको छ । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताउनुभयो । नेपाल […]

  • Matrika-Yadav

    प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि अध्ययन आवश्यक

    ५ मङ्सिर, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकका प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को समापन कार्यक्रममा उहाँले मुलुकका बहुमूल्य खनिजको उपयोगमा विज्ञको ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता रहेकामा जोड दिनुभयो । भौगर्भिक अध्ययनबाट […]

  • Prakashman singh

    देउवाले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह

    ५ मङ्सिर, रुपन्देही । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान […]

  • netrabikram chan

    नेकपाले पार्टी पुनःस्थापना दिवस मनाउने

    ५ मङ्सिर, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति ए्क होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्ङ्र्ष गरौँ भन्ने मूलनाराका साथ मङ्सिर ८ गते देखि साताव्यापी रुपमा नेकपा पुनःस्थापना दिवस भव्यताका साथ मनाउने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार […]

  • Prachanda

    द्वन्द्वपीडितको पीडा घटेको छ : दाहाल

    ५ मङ्सिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने […]

  • Madhav kumar Nepal

    नेता नेपाल स्वदेश फिर्ता

    ५ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्कनुभएको छ । बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना […]