१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए शपथ


कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित थापाले आज शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका हुन् ।

यही असोज १८ देखि २३ गतेसम्म राजधानीमा भएको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका थिए ।

शपथग्रहण समारोहमा व्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो । मन्त्रोच्चारण र धार्मिक विधिबीच पार्टी निर्वाचन समितिका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !