काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले पदभार ग्रहण गर्ने भएका छन् । आईजीपी डा. केसी गृह मन्त्रालयमा पुगेका छन् ।
गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।











