१ कार्तिक २०८३, शनिबार

हिमेश पन्तलाई पनि प्रहरीले साइबर ब्युरोमा बोलायो


हिमेश पन्त

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो ।

प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको छ । पन्तलाई पनि साइबर ब्युरो बोलाएकोले उनी पनि त्यहाँ पुगेका छन् ।


समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध पन्तले हिजो साइबर व्युरोमा निवेदन दिएकाले दुवै पक्षलाई सँगै राखेर छलफल गराइने ब्युरो स्रोतले जनाएको छ ।

श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएका थिए । पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूवीच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो । हिजो शुक्रबार श्रेष्ठ र पन्त दुवैले एकअर्का विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !