१९ कार्तिक २०८३, बिहिबार

आईजीपी हटाएको विषयमा ओलीको टिप्पणी– उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक डा.मनोज केसीलाई नियुक्त गरेको विषयमा टिप्पणी गरेका छन् ।

महानिरीक्षक कार्कीलाई हटाएको विषयमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले सरकारले अह्राएको काम पुरा गर्न नियुक्ति गरेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा पत्रकारसँग ओलीले भने, “उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला ।”

आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो । यसैगरी ओलीले हिजो नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटवार्ताको विषयमा राम्रै गफ भएको प्रतिक्रिया दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !