आजको बहस सकियो, रवि भोलि पुनः अदालत उपस्थित हुने
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । रास्वपाका सभापति लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको हो । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।